४ श्रावण २०७८, सोमबार

झापा । साउन महिनाको सोमबार जल चढाउने भक्तजनहरूको घुइँचो लाग्ने पूर्वको पशुपतिनाथको नामले परिचत झापाको अर्जुनधारा जलेश्वरधाम यसपटक साउनमा पनि खुलेन ।

गतवर्ष पनि कोभिड १९ को तीव्र लहरका कारण धाम खुलाइएको थिएन । मूलढोका नखुल्दा भक्तजनले मन्दिर बाहिरबाट नै फूल र प्रसाद अर्पण गरेर शिवको पूजा आराधना गरेका थिए । यसपालि पनि बिहान नित्य पूजाको समयबाहेक मन्दिर नखुलाइएको धाम व्यवस्थापन समितिले जनाएको छ ।

साउने सोमवारको व्रत बसी शिवजीको पूजा आराधना गरे मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ ।

यहाँ सोमबारे जल चढाउन र शिवको पूजा आराधना गर्न पूर्वी नेपालका विभिन्न स्थान तथा भारतको सिलीगुढी, दार्जिलिङ, सिक्किमलगायतका ठाउँबाट हजारौँ भक्तजन अर्जुनधारा आउने गरेका थिए ।

तर यसबर्ष पनि कोरोना संक्रमणका कारण मन्दिर नखुलेपछि हजारौं भक्तजनहरूले धाममा नै पुगेर शिवको पूजा आरधाना गर्न नपाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV