४ श्रावण २०७८, सोमबार

काठमाडौं । आज साउन महिनाको पहिलो सोमबार । हिन्दु परम्परामा साउनको हरेक सोमवारको विशेष महत्व हुनेगर्छ । सात्विक खानपान र हरियालीको महिनाका रुपमा यस दिनलाई मनाइने गरिन्छ।

यसैले पनि आज कोरोना महामारीकै बीच बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ । कोरोनाका कारण मन्दिर बन्द गरिए पनि भक्तजनहरुको उल्लेख्य उपस्थिति छ ।

मूल मन्दिर बन्द भएका कारण भक्तजनहरुले पूजा गर्न पाएनन् । तर भक्तजनहरुले वरपरका मन्दिर परिक्रमा र मूर्ति पूजा गर्दै शिवलिङ्गमा जल चढाएर महादेवको पूजा गरेका छन् ।

भगवान् शिवको प्रिय महिना साउन र बार सोमबार भएकाले यस दिन व्रत गरी पूजाआजा गर्ने एवं नदी, ताल, तलाउलगायत पवित्र तीर्थस्थलबाट जल ल्याएर चढाउने परम्परा रहेको छ । यसो गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV