३ श्रावण २०७८, आईतवार

झापा । मेमोरि किङका रुपमा परिचित अर्पण शर्माले गिनिज बुक अफ वल्र्ड रेकर्डमा नयाँ कीर्तिमानका लागि दावी पेश गर्ने भएका छन् ।

झापा भद्रपुर–८ का शर्माले यसअघि सन २०१५ मा गिनिज बुक अफ वल्र्ड रेकर्ड बनाएका थिए ।

आज बिर्तामोडस्थित सिद्धार्थ होटलमा पत्रकार सम्मेलन गर्दै शर्माले नयाँ कीर्तिमानका लागि तयारी गरेको जानकारी दिए । उनले असार २६ गते भद्रपुरस्थित विरेन्द्र माविमा १ मिनेटमा ८३ वस्तुको स्मरण गरेका थिए । सो प्रस्तुतिका आधारमा उनले गिनिज बुकमा दावी गर्ने बताएका छन् ।

विश्व रेकर्डमा हाल सम्म १ मिनेटमा ५४ वस्तुको स्मरण गरेर गिनिज बुकमा नाम लेखाई सकिएको छ । सोहि कीर्तिमानलाई शर्माले ताड्दै १ मिनेटमा ८३ वस्तुको स्मरण गरिएको छ ।

इलाका प्रहरी कार्यालय अनारमनीका डीएसपी सन्तोष आचार्यको उपस्थितिमा पत्रकार सम्मेलन सम्पन्न गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV