३ श्रावण २०७८, आईतवार

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुर समूहसँग आफूलाई विश्वासको मत दिन आग्रह गर्नुभएको छ ।

आइतबार अध्यक्ष ठाकुरलाई ‘विश्वासको मत सम्बन्धमा’ पत्र लेख्दै प्रधानमन्त्री देउवाले संसदमा आफूलाई विश्वासको मत दिन आग्रह गर्नुभएको हो ।

आज संसद् भवनमा फागुन २८ गतेको सर्वोच्च अदालतको फैसलापछि संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्रीमा नियुक्त देउवाले विश्वासको मत लिदै हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV