३ श्रावण २०७८, आईतवार

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)का सांसदद्वय राजकिशोर यादव र रेनुका  गुरुङले अध्यक्ष महन्थ ठाकुरको साथ छाडेर अर्का अध्यक्ष उपेन्द्र यादवतिर लागेका छन् ।

संसद् बचाउनका लागि ठाकुरको साथ छाडेर यादव समूहमा प्रवेश गरेको उनीहरुले बताएका छन् ।

यसअघि ठाकुरको समूह लागेर ओली नेतृत्वको सरकारमा सहभागी भएर रेणुका गुरुङ राज्यमन्त्री बनेकी थिइन् । उनलाई फेरि मन्त्री दिने लोभ देखाएर यादव समूहले आफ्नोतिर ल्याएको बताइएको छ ।

यसअघि यादव समूहमा १२ जना रहेकोमा ठाकुर समूहबाट ६ जना आएसँगै यादव समूहमा १८ जना सांसद पुगेका छन् । जुन जसपा पार्टी दावी गर्नका लागि चाहिने बहुमत हो ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV