३ श्रावण २०७८, आईतवार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का महन्थ ठाकुर र उपेन्द्र यादव पक्षले पार्टीको आधिकारिकतामा दाबी गरेको छ । आइतबार निर्वाचन आयोगमा भएको सुनुवाइका क्रममा दुवै पक्षले पार्टी आधिकारीकताको दाबी गरेको हो ।

आयोगमा पुगेर दुवै पक्षका नेताहरुले पार्टीका नाम चिन्ह आफूहरुले पाउनुपर्ने बताएका छन् भने दुवै पक्षले आफूसँग बहुमत कार्यकारीणी सदस्य रहेको दाबी गरेका छन् । सुनुवाइपछि जसपा उपेन्द्र पक्षका नेता महेन्द्र राय यादवले पार्टी आधिकारिकताका बारेमा भएको माग दाबीमा विधि र बिधान अनुरुप टुङ्गो लगाउनुपर्ने बताए ।

आफूहरुको हस्ताक्षरलाई सर्वोच्चले समेत मान्यता दिएकाले आफुसंग बहुमत सदस्य रहेको उनको भनाइ छ । अर्को पक्षले नै पार्टीबाट अलग्गीने बताएको उनले बताए । त्यस्तै महन्थ पक्षका नेता लक्ष्मणलाल कर्णले अर्को पक्षको दावी कानूनसम्वत नरहेको बताए ।

उनले आयोगले जसपाका बारेमा छिटै निर्णय गर्नुपर्ने धारणा राखे । पार्टीको आधिकारिकता विवाद निरुपणका लागि राजनीतिक दलसम्बन्धि ऐनको दफा ४३–४४ अन्तर्गत आयोगले सुनुवाइ गर्न लागेको हो ।

आयोगले सुनुवाइका लागि प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा आयुक्तहरुको ५ सदस्यीय इजलास गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV