३ श्रावण २०७८, आईतवार

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ ।

आइतबार सिंहदरबारमा बसेको माओवादी संसदीय दलको बैठकले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय गरेको सांसद मातृका यादवले जानकारी दिए ।

उनले प्रतिनिधिसभा बिघटनबिरुद्ध हस्ताक्षर गर्ने सांसद भन्दा पनि धेरै मत देउवाले पाउने दाबी गरे । उनले १५० जनाभन्दा बढी सांसदले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने पनि बताए ।

प्रतिनिधि सभा निरन्तर चलोस् भन्ने पक्षमा माओवादी केन्द्र रहेको उनले बताए । सत्ता समिकरणका बारेमा भने बैठकमा छलफल नभएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV