३ श्रावण २०७८, आईतवार

कञ्चनपुर । कञ्नपुरको बेदकोट नगरपालिका वडा नम्बर १ र २ जोड्ने हात्तीथलादेखि मुक्ति जाने बाटो पानीले बगाएको छ । उक्त बाटाे स्तराेउन्नति गर्न भनी नरबहादुर धामीको संंसद विकास कोषको ३० लाखमा बनको २.१ किलोमिटर  सडककाे पिच तथा ग्राभेल एक महिनामै पानीले बगाएको हाे ।

३० लाखमा सडकको स्तराेन्नति  गर्न भनी उपभोक्ता समिति निर्माण गरी सडक बनाए पनि कल्भर्ट हाल्ने ठाउँमा ग्राभेल हालेर सडक बनाउँदा पानीले बगाएको छ ।

सडक निर्माण गर्दा कल्भर्ट हाल्नुपर्ने ठाउँमा कल्भर्ट नै नहाल्दा अहिले सडकको धेरैजसो ठाउँमा ग्राभेल नै बगाएको हाे । एक महिनामै पानीले सडक बगाएपछि अहिले स्थानीयलाइ गाउँ र बजारसम्म पुग्न कठिन भएको छ । पानीले सडक नै बगाएपछि अहिले उक्त बाटोबाट २ पांग्रे र ४ पांग्रे सवारी साधन जान सकिरहेका छैनन् ।

पानीपिच गरेपछि सडकलाइ राम्रोसँग रोलर लगाएर दबाइदिनु पर्ने र सडकको डेनिसीटी नाप जाँच गर्नुपर्ने हुन्छ । तर उक्त सडक निर्माणमा लापरवाही भएपछि एक महिनामै बगेर गएकाे छ भने मालबाहक गाडी आउँदा समेत सडक भासिने खालको भएकाले यसकाे पुनर्निर्माण गर्नु पर्ने स्थानीयको माग छ ।

निर्माण भएको सडकको अनुगमनमा गएका बेदकोट नगरपालिकाका उपमेयर सुशिला सिंहसँग कुरा गर्दा बाटोको निरीक्षण गर्दा केही त्रुटि नभएको जवाफ प्राप्त भयाे । तर उपाभाेक्ता समितिका एक प्रतिनिधिले भने सडक बनाउँदा कीर्ते हस्ताक्षर गरे काम गरिएकाे बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

LIVE TV