३ श्रावण २०७८, आईतवार

चितवन । खेत जोती रहेको ट्य्राक्टर पल्टँदा चितवनमा आइतबार बिहान एक जनाको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका–५ कैलाशनगरका चन्द्र सिग्देलको खेत जोत्दै गर्दा ३४ वर्षीय चालक सन्दीप मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्य थापाले जानकारी दिनुभयो ।

आईतबार बिहान ८ बजे उक्त दुर्घटना भएको थियो । ना४ त ३१५२ नम्बरको ट्य्राक्टरका चालक मगर गम्भीर घाइते भएपछि उपचारका लागि अस्पताल लगिएको थियो ।

भरतपुरको सरकारी अस्पतालमा बिहान पौने ९ बजे उनको निधन भएको डीएसपी थापाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV