२ श्रावण २०७८, शनिबार

काठमाडौं । क्रियाशील सदस्य छानविन समितिका सदस्य श्याम घिमिरेमाथि आक्रमण गर्नेहरुको छानविन गरेर कारबाही गर्न नेपाली कांग्रेसले अनुशासन समितिलाई निर्देशन दिएको छ ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले घिमिरेमाथि आक्रमण गर्नेलाई छानविन गरेर कारबाही गर्न निर्देशन दिएको

बैठकले ३ दिनभित्र कारवाहीको टुंगो लगाउन अनुशासन समितिलाई निर्देशन दिएको छ ।

छानविन समितिका सदस्य घिमिरेमाथि शुक्रबार क्रियाशील सदस्यता छानविन स्थल गौशालास्थित धर्मशालामा आक्रमण भएको थियो ।

क्रियाशील सदस्यताको कार्यप्रति असन्तुष्ट पार्टीकै केही कार्यकर्ताले उनीमाथि आक्रमण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV