२ श्रावण २०७८, शनिबार

काठमाडौं । कोरोना संक्रमणका कारण उपत्यकामा वैशाख १६ देखि जारी निषेधाज्ञा साउन १० सम्म लम्ब्याइएको छ । निषेधाज्ञा जारी रहे पनि निजी तथा सार्वजनिक सवारी सञ्चालन गर्न अनुमति दिइएको छ ।

खुकुलो निषेधाज्ञाले कोरोना संक्रमण फैलिने डर उत्तिकै छ । तर, स्वास्थ्य मापदण्ड अपनाएर सरकारले तोकेको घेराभित्र रहेर व्यापार, व्यवसाय गर्न दिइएको छ ।

अहिले साउन महिना । विशेषगरी हिन्दू धर्मालम्बी महिलाहरु (विवाहित)का लागि विशेष महिनाका रुपमा लिइन्छ । साउनभर महिलाहरु चुरा, धागो, पोते किन्ने, मेहेन्दी लगाउने प्रचलन रहँदै आएको छ ।

खुकुलो निषेधाज्ञाका कारण अहिले काठमाडौंको असन, इन्द्रचोकका बजार चुरा, धागो, पोते र मेहेन्दी लगाउने महिलाहरुको भीडले भरिएको छ । कोरोना महामारी भए पनि चुरा, धागो, पोते र मेहेन्दी लगाउने महिलाहरुको मुहारमा कोरोनाको कुनै भय देखिँदैन ।

चोक चोकमा हातमा मेहेन्दी लगाइदिनेहरु छ्याप्छ्याप्ती बसेका छन् । न्यूनतम् एक सय रुपैयाँ र त्यसभन्दा बढी रकम दिएर महिलाहरुले हातमा थरीथरीका मेहेन्दी भरिरहेको देखिन्छ ।

साउन महिनाको पहिलो दिन अर्थात् १ गतेलाई लुते फाल्ने, साउने सक्रान्ति पर्वका रुपमा चिनिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV