१ श्रावण २०७८, शुक्रबार

काठमाडौं । नेपाल ट्राईयाथलन संघले जापानमा आयोजना हुने टोकियो ओलम्पिक २०२० मा सहभागी हुन जान लागेका संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्र राज श्रेष्ठलाई अनलाइन बैठकमार्फत सफलताको शुभकामनासहित बिदाई गरेको छ ।

अध्यक्षलाई बिदाई गर्दै संघका महासचिव युवराज सुनुवारसहित संघका कोषाध्यक्ष, सदस्य, प्रशिक्षक, निर्णायकहरुले टोकियो ओलम्पिकमा सहभागी हुने सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा अन्य पदाधिकारी तथा सदस्यहरुलाई सफलताको शुभकामना प्रदान गर्दै अध्यक्ष श्रेष्ठलाई त्यहाँ रहँदा नेपालमा ट्राईयाथलन खेलको विकास र विस्तारका लागि अझ बढी कार्यक्रमहरु ल्याउन पहल गर्न र त्यसको सफलताको लागि शुभकामना ब्यक्त गरेको हो ।

बैठकमा बोल्दै संघका अध्यक्ष श्रेष्ठले टोकियो ओलम्पिकका क्रममा ट्राईयाथलनले सन् २०२८ मा आयोजना हुने ओलम्पिकका लागि लक्ष्य राख्दै विभिन्न योजनाहरुको लागि पहिल र प्रयास गर्ने बताए ।

उनले ट्राईयाथलन संघ एक विवादरहित संघ रहेको र यसको विकासमा यस संग सम्वन्धित सवै एकै परिवार भएर अगाडि बढेका कारणनै संघ मजुवत भएको र निकै छोटो समयमै प्राविधिक दक्ष जनशक्ति तयार गर्नुका साथै दक्षिण एशियाली खेलकुदमा स्वर्ण हात पार्न सफल भएको र एशियन कप जस्तो ठूलो प्रतियोगिता गर्न सक्षम भएको बताए ।

उनले नेपाली प्राविधिकहरुको उच्च मनोवल र कार्य गर्ने शैलीप्रति अन्तर्राष्ट्रिय संस्थाहरु प्नि प्रभावित भएको भन्दै विदेशमा पनि नेपाली प्राविधिकहरुको चर्चा रहेको बताए । अध्यक्ष श्रेष्ठ सोमबार जापान तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV