१ श्रावण २०७८, शुक्रबार

जनकपुरधाम । प्रदेश २ सरकारमा सहभागी हुन नेकपा माओवादी केन्द्रका मन्त्री र राज्यमन्त्रीको नाम चयन गरिएको छ ।

शुक्रबार बसेको संसदीय दलको बैठकले माओवादी केन्द्रबाट संसदीय दलका नेता भरत साहलाई मन्त्रीमा र रुबी कर्णलाई राज्यमन्त्री बनाउनका लागि नाम चयन गरेको हो ।

कुन– कुन मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भन्ने विषयमा टुंगो लगाइएको छैन । समाचार स्रोतका अनुसार अर्थ वा सामाजिक विकास मन्त्रालयमध्ये एक दिइने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV