१ श्रावण २०७८, शुक्रबार
  • हरिशंकर शर्मा,

वीरगंज (पर्सा) । पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिका–१५ नेशनल मेडिकल कलेज छेउबाट ७ जना जुवाडेलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरञ्ंज महानगरपालिका वडा नं. ६ निवासी ४२ वर्षीय श्यामबाबु सोनार, वडा नं. ३ निवासी ४२ वर्षीय अलि असगर अन्सारी, वडा नं. १५ निवासी ३२ वर्षीय सुनिल सर्राफ, वडा नं. १६ निवासी ५८ वर्षीय भगवान प्रसाद महतो, बारा जिल्ला महानगढीमाई नगरपालिका वडा नं. १० निवासी ३५ वर्षीय धिरेन्द्र प्रसाद जयसवाल, जिल्ला रौतिहट गौर नगरपालिका वडा नं. १ निवासी ३२ वर्षीय सुनिल सर्राफ एवं भारत विहार जिल्ला मोतिहारी रक्सौल वडा नं.४ निवासी ४० वर्षीय रामबाबु प्रसाद सोनार रहेका छन् ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले विहीबार साँझ करिब ५ बजेको समयमा वीरगन्ज महानगरपालिका वडा नं. १५ नेशनल मेडिकल कलेज छेउमा निर्माणधीन भवनको माथिल्लो तल्लामा जुवा खेलिरहेको अवस्थामा नगद रु.१,५८,०००/- (एक लाख अन्ठाउन हजार) र १० बुक ताससहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पक्राउ परेका ७ जनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याई सार्बजनिक हित, स्वास्थ्य सुरक्षा, सुविधा नैतिकताविरुद्धको कसुर (जुवा) अन्तर्गत अनुसन्धान अगाडि बढाइएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV