१ श्रावण २०७८, शुक्रबार
  • हरिशंकर शर्मा,

वीरगञ्ज (पर्सा) । कोरोना महामारी रोकथाम तथा न्यूनीकरणका लागि जारी गरिएको निषेधाज्ञाको क्रममा लिफ्ट दिने भनि महिलालाई ट्रकमा पटक–पटक बलात्कार गर्ने दुई जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ट्रक चालक पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका–२१ बस्ने २९ वर्षीय सुनिल महतो एवं पर्साकै पोखरीया नगरपालिका–६ बस्ने २५ वर्षीय शिवबालक महतो रहेका छन् ।

अन्दाजी १९ वर्षीया महिला एक बालकसहित काठमाडौंको कलंकीबाट २७ गते ट्रकमा यात्रा शुरु गरेकी थिइन् । उक्त महिलालाई असार ३० गते विहानको १० बजेसम्म वीरगञ्जको ड्राइपोर्ट क्षेत्रमा ल्याइपु¥याउँदासम्म विभिन्न ट्रकका ४ जना चालक एवं सहचालकले ट्रकभित्रको केबिनमा पटक पटक जबरजस्ती करणी गरेको आरोपमा दुईजना पक्राउ परेका र अन्य दुई जना फरार रहेका पर्साका प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले जानकारी दिए ।

उनका अनुसार असार २७ गते बिहान रुकुम जिल्ला घर भएकी १९ वर्षीया उक्त महिला २ वर्षीय छोरासहित बुटवल जानको लागि कलङ्की चोकमा सार्वजनिक सवारी साधनको प्रतिक्षा गरिरहेकी अवस्थामा ना५ख २८७० नम्बरको ट्रक चालक सुनिल महतोले नारायणगढसम्म पु¥याइदिने भन्दै उनलाई ट्रकमा चढाएका थिए ।

तर, पहिरोका कारण मुग्लिन चितवनको बाटो जाम भएकोले गाडी रोकिएको अवस्थामा महतोले ट्रकको क्याबिन भित्रको सिटमा जबरजस्ती करणी गरेको महिलाले जिल्ला प्रहरी कार्यालय पर्सामा दिएकी जाहेरीमा उल्लेख छ ।

असार २८ गते जाम खुलेपछि महतोले उक्त युवतीलाई चितवनको रामनगरसम्म ल्याएर दिउँसो करिब १ बजेको समयमा शिवबालक महतोले चलाएको ना६ख ३३६९ नम्बरको ट्रकमा चढाइदिए । त्यसपछि त्यहाँबाट अब अर्को ट्रक बुटवलतर्पm जाने भन्दै ट्रकमा चढाएको र उक्त ट्रकले महिलालाई वीरगन्जतर्फ ल्याएको र बीरगन्ज ल्याउने क्रममा पथलैया अमलेखगन्ज सडक खण्डको जङ्गल क्षेत्रमा ट्रक रोकी पटक पटक करणी गरेको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक पाण्डेले बताए ।

गत असार ३० गते बिहान ८ बजे ट्रक चालक महतोले सोही ट्रकका सहचालक २७ वर्षीय इन्दल चौहानलाई गाडी चलाई ड्राइपोर्टसम्म पु-याउन भनेका थिए । उक्त ट्रकको सहचालक इन्दल चौहानसहितको अन्य एकजना ४० वर्षीय ब्यक्तिले पीडितलाई ड्राइपोर्ट परवानीपुर सडक खण्डको बीचतिर गाडी रोकी पालैपालो जबर्जस्ती करणी गरी ड्राइपोर्टमा ल्याएर अलपत्र अवस्थामा छोडेर हिँडेका थिए ।

दिउसो ५ बजेको समयमा सिर्सिया प्रहरी चौकीबाट निस्किएको गस्ती टोलीले उक्त महिलालाई फेला पारी उद्धार गरेको प्रहरी उपरीक्षक पाण्डेले बताए । प्रहरीले पीडित महिलाको बयान लिएपछि घटनामा संलग्न सुनिल महतो र शिवबालक महतोलाई दुईवटा ट्रकसहित पक्राउ गरेको हो ।

त्यस्तै, घटनामा संलग्न अन्य दुईजना भने अझै फरार रहेको र उनीहरुको खोजी कार्य भइरहेको प्रहरीको भनाइ छ । पीडित महिलाले असार ३० गते नै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । उजुरीको आधारमा प्रहरीले असार ३१ गते उक्त महिलाको नारायणी अस्पतालमा स्वास्थ्य परीक्षण समेत गराएको छ ।

पक्राउ परेका दुवै जनामाथि जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV