१ श्रावण २०७८, शुक्रबार

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाललाई थप १६ लाख डोज कोरोना खोप (भ्याक्सिन) उपलब्ध गराउने बताउनुभएको छ ।

शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिन बालुवाटार पुग्नुभएको उहाँले चीनले थप १६ लाख कोरोना खोप उपलब्ध गराउने औपचारिक जानकारी गराउनुभएको हो ।

चीनले नेपाललाई यस्तो महामारीमा अतुलनीय सहयोग गरेको भन्दै प्रधानमन्त्री देउवाले खोप सहयोगका लागि धन्यवाद प्रकट गर्नुभयो । साथै, दिँदै कोभिड–१९ नियन्त्रण तथा न्यूनीकरणका लागि चिनियाँ सरकारबाट थप सहयोग प्राप्त हुने पनि प्रधानमन्त्री देउवाले विश्वास व्यक्त गर्नुभयो।

प्रधानमन्त्री बन्नुभएको ४ दिनपछि प्रधानमन्त्री देउवालाई राजदूत यान्छीले भेटेर बधाइसहित कार्यकालको शुभकामना दिनुभएको छ ।

राजदूत यान्छी नवनियुक्त प्रधानमन्त्री देउवालाई बधाइ दिन शुक्रबार प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको हो । सामाजिक सञ्जाल ट्विटमार्फत् दुईबीच भेट भएको तस्वीर सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV