१ श्रावण २०७८, शुक्रबार

काठमाडौं । कोरोना भाइरस संक्रमण भएका ब्यक्तिलाई मात्र म्युकोर्माइसिस् अर्थात् कालो ढुसी संक्रमण हुनसक्छ ? भन्नै सबैको मनमा जिज्ञासा रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमितलाई मात्र नभई प्रतिरक्षा प्रणाली कमजोर भएका, मधुमेहका रोगी, स्टेरोइडको अत्यधिक प्रोग गरेका तथा क्यान्स रोग भएका ब्यक्तिमा पनि कालो ढुसी देखिनसक्छ ।

कालो ढुसीका लक्षणहरुः

– एउटा आँखा वरिपरि सुन्निने

– अनुहार तथा टाउको एकापट्टि दुख्ने

– एकापट्टिको आँखा रातो हुने

– नाक वा मुखमा कालो धब्बाहरु देखिने

– ज्वरो आउने

कालो ढुसीको संक्रमणबाट बच्नका लागि जनस्वास्थ्यका सबै मापदण्डहरुको पालना गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

कसरी बच्ने ?

– भौतिक दूरी कायम गर्ने

– समय–समयमा साबुन पानीले हात धुने

प्रतिक्रिया दिनुहोस्

LIVE TV