१ श्रावण २०७८, शुक्रबार

काठमाडौँ । नेकपा एमालेले शेरबहादुर देउवाको नेतृत्वमा रहेको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ। एमालेको आज बसेको स्थायी कमिटिको बैठकले सो निर्णय गरेको हो ।

एमालेले देउवा नेतृत्वको सरकारलाई समर्थन नगर्ने र विश्वासको मत नदिने निर्णय गरेको गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीले विश्वासको मत माग्दा आफ्ना सांसदहरुलाई विश्वासको प्रस्तावको विपक्षमा मतदान गर्न निर्देशन जारी गर्ने निर्णय भएको पनि ज्ञवालीले जानकारी दिनुभयो ।

कसैलाई विश्वासको मत दिन मन लागेमा सर्वोच्च अदालतले बाटो खोलिदिएको छ, एमालेको वरिष्ठ नेता माधवकुमार नेपाललाई इंगित गर्दै ज्ञवालली भन्नुभयाे, हामी तर प्रतिपक्षीय भूमिका निर्वाह गर्छौं ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV