१ श्रावण २०७८, शुक्रबार

तस्बीर : महेश्वर के.सी.

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु उपस्थित भएका छैनन् । कार्यदलका सदस्यहरु भने स्थायी कमिटी बैठकको चलिरहेको समयमा हल प्रवेश गरेका छन् ।

स्थायी कमिटी बैठकमा नेता नेपाल समूह उपस्थित नभएपछि शुक्रबार मध्यान्ह तुलसीलाल प्रतिष्ठानमा ओली समूहका नेताहरु मात्रै भएपनि बैठकमा जुटेका थिए ।

बैठक सुरु भएको करिब आधा घण्टापछि नेता नेपाल समूहका कार्यदल सदस्यहरु भिम रावल, रेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र भीम आचार्य हलभित्र प्रवेश गरेका थिए ।

स्रोतका अनुसार उनीहरुलाई ओली समूहका नेताहरुले स्थायी कमिटी बैठकमा आउनु भएको हो ? भनेर प्रश्न गरेका थिए । तर नेता भिम रावलले आफूहरु स्थायी कमिटी बैठक रोक्न आएको जवाफ दिएका थिए । उनीहरुले स्थायी कमिटी बैठक तुरुन्त रोक्न आग्रह गरेका थिए ।

एकपक्षीय ढंगले बोलाएको बैठकमा सहभागी नहुने माधव समूहले यसअघि नै बताइसकेको थियो । कार्यदलको सहमती विपरित बैठक राखेको नेपाल पक्षको आरोप रहेको छ । बैठकमा उपाध्यक्ष वामदेव गौतम पनि उपस्थित भएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV