१ श्रावण २०७८, शुक्रबार

बेल्जियम । आगामी हप्ता सम्पन्न हुने गैरआवासीय नेपाली संघ (एनआरएन) बेल्जियमको अध्यक्ष पदमा उम्मेदवारी दिएकी अनुजा प्रधानले ९ बुँदे प्रतिबद्धतापत्र युरोनेपाल च्यानल र नोटस नेपाल मार्फत सार्वजनिक गरेकी छिन्।

बहाल गैरआवासीय नेपाली संघ आइसीसी सदस्य रहेकी अनुजा नवलपरासी नेपालमा जन्मिएकी हुन् भने यूरोपको मुटु मानिने बेल्जिमयको एन्र्थोपेन शहरमा बस्दै आएकी छिन्।

यूरोनेपालका सम्पादक केजिन राई संग कुरा गर्दै विदेशी भूमिमा हुर्किदै गएका नेपाली मनहरुलाई भविष्य विदेशमा मात्र नभई नेपालमा समेत सामाजिक र परोपकारी कार्य गरि योगदान र गर्नुपर्छ भन्ने सन्देश दिन आवश्यक रहेको प्रधानले जिकिर गरेकी छिन्।

उनले गैरआवासीय नेपाली संघको अभियानमा नयाँ पुस्ता जोडिन नसकेको पनि उल्लेख गरेकी छिन्। यसरी विदेशमा हुर्किदै गएको नयाँ पुस्तालाई यो अभियानमा जोड्नु अबको चुनौति भएकोले आगामी दिनमा आफुले नयाँ पुस्ताको भविष्य हेरेर नयाँ एजेण्डासहित प्रस्तुत हुने प्रतिबद्धता व्यक्त गरेकी छिन्।

यसैगरि, गैरआवासीय नेपाली संघ बेल्जियमको अभियानको सुरु कालदेखि संलग्न रहेका अग्रजहरुको सल्लाहमा एनआरएनए बेल्जियको लागि अल्पकालिन तथा दिर्घकालीन विशेष कार्यक्रम तय गरिने प्रतिबद्धता उनको रहेको छ। यसका साथै बेल्जियममै जन्मिएर नेपाली भाषा बोल्न र लेख्न नजान्नेहरुको लागि गैरआवासीय नेपाली संघ बेल्जियमले विषेश अभियान संचालन गर्ने र बिभिन्न कारणले बेल्जिमयमा आइपुगेका नेपालीको लागि आवश्यक कानूनी परार्मशको लागि निःशुल्क कानुनी सेवा केन्द्रको स्थापना गरिने पनि उनले सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा उल्लेख गरिएको छ।

विगतका दिनमा गैरआवासीय नेपाली संघ बेल्जियममा रहेर गरेका काम तथा संघको अभियानमा बटुलेको अनुभवको आधारमा आफूलाई संघको नेतृत्व लिन योग्य रहेको ठहर गरेकी प्रधानले बेल्जियममा रहेका नेपालीहरुलाई एउटै छानामुनि राख्ने उद्देश्यले नेपाली घरको स्थापनाका लागि पहल गरिने प्रतिबद्धता जाहेर गरिन्।

के के छन् प्रतिबद्धता ?

  • १. गैरआवासीय नेपाली संघ बेल्जियमको अभियानको सुरु कालदेखि संलग्न रहेका अग्रजहरुको सरसल्लाहमा एनआरएनए बेल्जियको लागि अल्पकालिन तथा दिर्घकालीन विशेष कार्यक्रम तय गरिनेछ ।
    २. विदेशमा हुर्किदै गरेको दोस्रो पुस्तालाई गैरआवासीय नेपाली संघको अभियानमा जोड छुट्टै संरचनाको स्थापना गरेर उनीहरुलाई नेपाल र नेपालीको हितमा परिचालन गरिने छ ।
    ३. बेल्जियममै जन्मिएर नेपाली भाषा बोल्न र लेख्न नजान्नेहरुको लागि गैरआवासीय नेपाली संघ बेल्जियमले विशेष अभियान संचालन गर्ने छ ।
    ४. बिभिन्न कारणले बेल्जिमयमा आइपुग्नु भएका नेपालीको लागि आवश्यक कानूनी परार्मशको लागि निशुल्क कानुनी सेवा केन्द्रको स्थापना गरिने छ ।
    ५. गैरआवासीय नेपाली संघले यसअघि देखि उठाउदै आएका मुद्दाहरु, नागरिकताको निरन्तरता, नेपालमा लगानी, परोपकार लगायतका काम एनआरएनए बेल्जियम दृढ भएर उभिने छ र तिनीहरुको कार्यान्वयनको लागि सहयोग र सहकार्य गरिनेछ ।
    ६. बेल्जियममा रहेका नेपालीहरुलाई एउटै छानमुनी राख्ने उद्देश्यले नेपाली घरको स्थापनाका लागि पहल गरिने छ ।
    ७. मर्दा पर्दा नेपाली चाहिन्छन भन्ने नेपाली भावना अनुरुपमा विदेशमा अलपत्रमा परेका विभिन्न कारणले दुःख पाएका नेपालीहरुको सहयोगार्थ एक आपतकालीन कोषको स्थापना गरिने छ ।
    ८. नेपालमा आइपर्ने प्राकृतिक विपतको लागि आवश्यक सहयोग गर्नको लागि स्थायी फण्डको समेत व्यवस्था गर्न पहल गरिने छ । त्यस्तो फण्ड एनआरएनए फाउण्डेशनमार्फत नेपालमा सामाजिक तथा परोपकारी कामलाई अगाडि बढाउन विशेष परोपकारी योजना ल्याउनेछु ।
    ९. बेल्जिमामा रहेका दोस्रो पुस्ताका नेपालीहरुको सीप र ज्ञानलाई नेपालको सम्वृद्धिमा लगाउने उदेश्यले बेल्जिममा रहेका विभिन्न पेशामा रहेका विज्ञहरुको छुट्टै संरचनाको स्थापना गरिने छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV