३१ असार २०७८, बिहीबार

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्की र नेपालका लागी भारतीय राजदूत विनय मोहन क्वात्राबीच मन्त्रालयमा शिष्टाचार भेट भएको छ ।

सिंहदरबारमा विहीबार भएको भेटमा राजदूत क्वात्राले नवनियुक्त मन्त्रीलाई बधाई तथा शुभकामना व्यक्त गरे । क्वात्राले नेपाल र भारत बीचको सम्बन्ध ऐतिहासिक रहेको स्मरण गर्दै आगामी दिनमा समेत दुई देशबीचको सहयोग, सहकार्य र सद्‍भावना थप गाढा हुने विश्वास व्यक्त गरे ।

मन्त्री कार्कीले नेपाल र भारतबीचको मित्रता ऐतिहासिक रहेको तथा दुई देशबीचको मित्रता सदैव सौहार्दपूर्ण रहने विश्वास व्यक्त गरे । साथै नेपालमा कोभिड–१९ को नियन्त्रणको लागि भारत सरकारले देखाएको चासो र सहयोगको लागि धन्यबाद व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV