३१ असार २०७८, बिहीबार

काठमाडौं । नेकपा (एमाले) का नेता तथा सांसद शेरबहादुर तामाङले जतिसक्दो छिटो विश्वासको मत लिन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

विहीबार काठमाडौंमा आयोजित एक साक्षात्कारमा बाल्दै उनले भने, ‘लामो समय बस्न मन छ भने छिटो विश्वासको मत लिनुहोस् । शेरबहादुर देउवालाई खतरा पर्ला है, छिटो विश्वासको मत लिनुहोस् ।’

उनले आफ्नो पार्टीभित्रको विवाद मिल्ने क्रममा रहेको भन्दै एमाले एकताबद्ध भए देउवाले विश्वासको मत नपाउने स्पष्ट पारे । तामाङले आफ्नो पार्टीको जनमत हुँदाहुँदैपनि अदालतको परमादेशबाट सरकार देउवालाई सुम्पिनुपरेको दाबी गरे ।

उनले भने, ‘हामीसँग जनमत थियो । तर, अदालतको परमादेशबाट हामीले सरकार अरुलाई सुम्पिनुपर्यो ।’ उनले एमालेभित्रको आन्तरिक जीवनमा केही खटपट सिर्जना भएको र अहिले आफूहरुबाट पार्टीलाई एकताबद्ध बनाउने प्रयास भइरहेको पनि सुनाए ।

उनले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिनको लागि भोट हाल्नेहरुलाई बाटो खुल्ला रहेको पनि सुनाए । उनले देउवाले विश्वासको मत नपाए मुलुक निर्वाचनमा जाने पनि सुनाए ।

उनले देउवाले घोषणा गर्ने निर्वाचनमा आफ्नो पार्टीले भाग लिने पनि बताए । उनले भने, ‘हामी अरुजस्तो चुनावबाट भाग्नेवाला छैनौं । भाग लिन्छौं ।’

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV