३० असार २०७८, बुधबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेटघाट गरेका छन् । बुधबार विप्लव अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटारस्थित प्रचण्ड निवास नै पुगेका हुन् ।

ओली सरकार रहँदा शान्ति प्रक्रियामा हस्ताक्षर गरेका उनले ओली सरकारको बहिर्गमनसँगै अध्यक्ष प्रचण्डलाई भेट्नु अर्थपूर्ण मानिएको छ । ओली सरकारमा शान्ति प्रक्रियामा आउँदा ३ बुँदे सहमति भएको थियो ।

उक्त सहमतिका बुँदामा आफ्ना नेता कार्यकर्ता रिहा गर्न सर्त राखिएको थियो । तर, अहिलेसम्म विप्लव समूहका नेता कार्यकर्ता रिहा भइसकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV