३० असार २०७८, बुधबार

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कार्यभार सम्हाल्नु भएको छ । शेरबहादुर देउवा नेतृत्वमा बनेको संयुक्त सरकामा नेकपा माओवादी केन्द्रको तर्फबाट अर्थमन्त्री बन्नु भएका मन्त्री शर्माले बुधबारबाट कार्यभार सम्हाल्नु भएको हो ।

उहाँले सामाजिक संजाल फेसबुकमा कार्यभार सम्हालेको जनाकारी दिदै आफ्नो कार्यकाल देश र जनताको पक्षमा सदुपयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

अर्थमन्त्रीको जिम्मेवारी दिएकोमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि धन्यवाद व्यक्त गर्नु भएको छ ।

सवोच्च अदालतले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको दोस्रो पटकको संसदलाई बदर गरिदिएको थियो । त्यसका साथै सर्वोच्च अदालतले बहुमत सांसदहरुको माग निवेदन अनुसार शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV