३० असार २०७८, बुधबार

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमबीच छफलफल भइरहेको छ । उहाँहरुबीच एमाले स्थायी कमिटी बैठक बस्नु अघि छलफल भइरहेको हो ।

नेता नेपाललाई भेट्न उपध्यक्ष गौतम बुधबार बिहान नेपाल निवास कोटेश्वरमा पुग्नु भएको हो । उहाँहरुबीचको छलफल पार्टी एकताको विषयमै केन्द्रीत भइरहेको बताइएको छ । यसअघि मंगलबार एमाले स्थायी कमिटीको बैठक बसेको थियो ।

सर्वोच्चले संसद विघटन बदर काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने परमादेश दिनु अघिबाटै एमाले एकताको कार्यदल सक्रीय छ ।

सो कार्यदलले एकताको आधार तयार पार्दै १० बुँदे सहमति गरेको थियो । तर सो सहमतिले मूर्त रुप लिन सकेको छैन् । अध्यक्ष ओली र नेता नेपालको भेटवार्तापछि सहमती हुने आशा भएपनि टुंगो भने लागेको छैन् । एमाले स्थायी कमिटी बैठक बुधबार दिउसो बस्दैछ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV