३० असार २०७८, बुधबार

पाँचथर । पाँचथरको कुम्यायक गाउँपालिकाले आँखा उपचार केन्द्र स्थापना गर्ने भएको छ । उपचार केन्द्र स्थापनाका लागि नेत्र ज्योती संघ ताप्लेजुङ शाखाका सभापति मुक्तिराज पौडेल र कुम्मायक गाउँपालिका अध्यक्ष जय बहादुर चेम्जोङ बिच आर्थिक वर्षदेखि सुरु गर्ने गरी असार २६ गते सम्झौता भएको हो ।

गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङको सल्लाहमा नेपाल नेत्रज्योति संघका आजीवन सदस्य रहेका प्रमुख प्रशासकीय अधिकृत गणेश अधिकारीले संघसँग समन्वय गरेर आँखा उपचार केन्द्र स्थापनाको गृहकार्य बढाएका हुन् ।

गाउँपालिकाले नेत्रज्योति संघलाई रकम एकमुष्ट र स्वास्थ्य पढेका दुई जना कर्मचारी छनोट गरेर दिने र संघले उपचार केन्द्र स्थापनादेखि उपकरण, कर्मचारीको तलबलगायतको व्यवस्थापन गर्ने सम्झौतामा उल्लेख छ । यसका लागि गाउँपालिकाले ७ लाख रुपैयाँ बजेट छुट्याएको छ ।

प्रमुख प्रशासकिय अधिकृत अधिकारीका अनुसार गाउँसभा सकिएकाले विविध खर्चबाट दिने गरी कार्यपालिका बैठकले आँखा उपचार केन्द्र राख्ने निर्णय गरेको हो ।

गाउँपालिकाको केन्द्र यासोक बजार मा स्थापना गरिने सो आँखा उपचार केन्द्र बाट जिल्लाको दक्षिण भेगका अधिकांस गाउँका नागरिकले सेवा लिन फाइदा पुग्ने छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV