३० असार २०७८, बुधबार

काठमाडौं । निवर्तमान मन्त्री वसन्तकुमार नेम्वाङ पाँच मन्त्रालयबाट आज विदाई हुनु भएको छ । उहाँले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, खानेपानी मन्त्रालय, सहरी विकास मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आउनु भएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा २०७६ मंसिर ५ गते संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको जिम्मेवारी पाउनु भएको थियो ।

त्यस्तै २०७६ फागुन ८ गतेबाट २०७७ असोज २९ गतेसम्म माननीय वसन्तकुमार नेम्बाङ्ग ज्यूले सहरी विकास मन्त्रालयको समेत नेतृत्व गर्नु भयोे ।

त्यसैगरि २०७८ असार ११ गतेबाट २०७८ असार २९ गतेसम्म सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, शहरी विकास मन्त्रालय, कृषि तथा पशुपन्छी मन्त्रालय र खानेपानी विकास मन्त्रालय समेतको नेतृत्व गर्नु भएको थियो ।

उहाँले जिम्मेवारी सम्हाल्नु भएका सबै मन्त्रालयका सचिव तथा उच्च अधिकारीहरुले आज आआफ्नो मन्त्रालयमा औपचारीक कार्यक्रमको आयोजना गरि विदाई गर्नु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV