२९ असार २०७८, मंगलवार

काठमाडौं । कोरोनाका कारण स्थगित ओलम्पिक खेलको प्रतिस्पर्धामा अहिलेसम्मकै बलियो तयारी गरेको नेपाल ओलम्पिक कमिटीले जनाएको छ ।

शुक्रबार पत्रकार सम्मेलनमार्फत् एक वर्षको अन्तरालमा जापानको टोकियोमा सुरु हुन लागेको ओलम्पिक प्रतिपस्र्धाका लागि अहिलेसम्मकै बलियो तयारी गरिएको कमिटीले जनाएको हो ।

सम्मेलनमा कमिटीले भनेको छ, ‘अहिलेसम्मको नेपालको ओलम्पिक सहभागितामा इतिहासमा यो नै सबैभन्दा लामो, व्यवस्थित र बलियो तयारी रहेको छ ।’

ओलम्पिक तयारी नेपाल ओलम्पिक कमिटी, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् र सम्बन्धित खेल संघबीच समन्वय गरिएको जनाइएको छ ।

ओलम्पिक नेपालका तर्फबाट कूल २६ सदस्यीय टिमले सहभागिता जनाउने छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV