२९ असार २०७८, मंगलवार

काठमाडौं । नेपाल सितोरियो कराँते संघको बार्षिक कार्यक्रमअनुसार शाखा डोजो नक्सालको २२ बार्षिक उत्सवको अवसरमा आयोजित सातौँ सगरमाथा अन्तराष्ट्रिय कराँते प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगितामा विष्णुदेबी डोजो नेपाल टिम प्रथम भए भने भारत टिम दोश्रो र बेलौरी नगरपालिका कन्चनपुर बेष्ट फेयर प्ले टिम र लालझाडी गाउपालिका कन्चनपुर उत्कृष्ठ अुशासित टिम घोषित भए ।

पुरुषतर्फ भारतका प्रत्युस सिंह र महिला तर्फ नक्साल डोजो नेपालकी रश्मिता श्रेष्ठ उत्कृष्ठ खेलाडी घोषित भईन भने उदयीमान खेलाडीको उपाधी आयोजक नेपालकी दिलाशा श्रेष्ठले हात पारिन् ।

उक्त प्रतियोगितामा पुरुष तर्फको ३५ किलो तौल समुहमा सन्देश तामाङ्ग (प्रथम), रोजन अधिकारी (दोश्रो), प्रशन्न दाहाल (तृतीय) र बिरेन्द्र बोहोरा (तृतीय) हुन सफल भए ।

पुरुषतर्फकै–४० किलो तौल समुहतर्फ भारतका प्रत्युस सिंह (प्रथम), नेपालका कुस्विन आले (दोश्रो), नेपालकै अन्कित हुमागाई (तृतीय), र नेपालकै दिप राना मगर (तृतीय) हुन सफल भए ।

यर्सगरी पुरुषतर्फ ४५ किलो तौल समुहमा भक्तपुरका सुवास परियार प्रथम हुन सफल भए भने घण्टाघरका राजेन्द्र पाखरिन दोश्रो भएका छन । तेस्रोमा नक्सालका पाल्दे स्याङवो हुन सफल भए ।

पुरुषतर्फ ५० किलो तौल समुहमा प्रथम बौद्धका विवेन्द्र तामाङ् भएका भने दोस्रोमा सोतोकानफर्तका धन बहादुर सुनारले स्थान ओगट्न सफल भए । तेस्रोमा सोतोकानतर्फकै सागर तामाङले स्थान हात पारे ।

पुरुषतर्फ ५५ किलो तौल समुहमा सुविन खत्री (मेनडोजो) का प्रथम भए भने सोतोकोनका बिप्लव खड्काले दोस्रो स्थान हात पारे । त्यस्तै, तेस्रो स्थानमा गणेश चौधरीले चित्त बुझाए ।

पुरुषतर्फ नै ६० किलो तौल समुहमा भारतका सत्यनारायण मौर्याले प्रथम स्थान हासिल गरे भने नेपालका जुन कुमार थामी (मेनडोजो) ले दोश्रो स्थान हासिल गर्न सफल भए ।यस्तै, किरन चन्दले तेश्रो स्थान र प्रकाश तिरुवा पनि तेश्रो हुन सफ भए ।

पुरुषतर्फ नै ६७किलो तौल समुहमा सन्देश बास्कोटा (बिष्णुदेबी) प्रथम भएका छने बौद्धका निमा शेर्पा दोस्रो भएका छन् । तेस्रोमा पारस मणी भण्डारी र चौँथोमा भारतका अँकित यादवले स्थान ओगटे ।

पुरुषतर्फ नै ७५ किलो तौल समूहमा भारतका हिमाङसु यादवले प्रथम स्थान हात पारे भने नेपालका सुनिल कुमारले दोस्रो स्थान हात पारे । त्यस्तै, तेस्रोमा शरद प्रसाद धिताल र चौँथोमा प्रभात भण्डारीले चित्त बुझाए ।

पुरुषतर्फ नै ८४ किलो तौल समूहमा बौद्धका अजय मोक्तानले प्रथम स्थान हासिल गरे भने दोस्रोमा सोनम बलामी र तेस्रोमा कैलाश जोशीले स्थान ओगटे । पुरुष तर्फ एकल कातामा प्रेम कुमार चन्द (सोतोकान) प्रथम, अर्पित सिंह (भारत दोश्रो) र दिपेश तामाङ् (नक्साल तेश्रो) हुन सफल भए ।

यसैगरी महिलातर्फ ३५ किलो तौल समूहमा बौद्धकी श्रृजन तामाङ् (प्रथम), नक्सालका प्रतिका कुँवर (दोश्रो), लालझाडी कन्चनपुरकी प्रकृति बिष्ट (तेश्रो), लालझाडी कन्चनपुरकै पुनम भारती (तेश्रो) हुन सफल भए ।

महिलातर्फ ४० किलो तौल समूहमा शरिता तामाङ्ले प्रथम स्थान हासिल गरिन् । दोस्रोमा लालझाडी कन्चनपुरकी अन्जली राना, तेस्रो स्थानमा बेलौरी, कञ्चनपुरकी दिक्षा ठगुन्ना र रेनु जोशीले स्थान ओगट् सफल भए ।

त्यसैगरी महिलातर्फ ४५ किलो समूहमा भक्तपुरकी शिरुशा भोजु (प्रथम), नक्सालकी ईशा वाईवा (दोश्रो), घण्टाघरकी सुभेक्षा आले मगर (तेश्रो), ममता शाह साकार (तेश्रो), बेलौरी कञ्चनपुरकी आरजु कार्कीले पनि तेश्रो हुन सफल भए ।

महिलातर्फ ५० किलो तौल समूहमा बौद्धकी मोनिका तामाङ् (प्रथम), नविना डिमडोङ (दोश्रो), अनुष्का रावल (तेश्रो), बिभुषा तामाङ्ग (तेश्रो) हुन सफल भए । महिलाफर्त नै ५५ किलो समूहमा नक्सालकी रमिता माझी (प्रथम), अस्मिता लामा (दोश्रो), कमलेश्वरी राना (तेश्रो), निशा राई (तेश्रो) भए ।

महिलातर्फ ६१ किलो तौल समूहमा कोपिला लिम्वु (प्रथम), दिलाशा श्रेष्ठ (दोश्रो), छिरिङ डोल्मा शेर्पा (तेश्रो) हुन सफल भए । महिलातर्फ नै ६७ किलो तौल समूहमा कला लिम्बू (प्रथम), रश्मिता श्रेष्ठ (दोश्रो) हुन सफल भए ।

महिलातर्फ नै ६८ किलो तौल समूहमा अस्मिता प्रजा (प्रथम), शरिता तामाङ् (दोश्रो), करुना कुँवर (तेस्रो) र प्रमिला खपाङ्गीले पनि (तेश्रो) स्थानमा चित्त बुझाए । महिला एकल कातातर्फ खुस्वु जयसवाल (चामुण्डा स्कुल प्रथम), कृतिका थापा (चामुण्डाकै दोश्रो), रश्मिता श्रेष्ठ (नक्साल तेश्रो) र शुवेक्षा आले मगर तेश्रो भए ।

विजेता खेलाडीहरुलाई प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका सदस्य–सचिव रमेश कुमार सिलवाल, राष्ट्रिय खेलकुद परिषदका सदस्य पुरेन्द्र बिक्रम लाखे, महेश कुमार श्रेष्ठ, अन्तर्राष्ट्रिय निर्णायक राजेन्द्र कपाली, अन्तर्राष्ट्रिय निर्णायक महृश रन्जित, ओलम्पियन दिपक बिष्ट, सोतोकान कराँतेका अध्यक्ष निवाश गोपाल वैध, आयोजकका अध्यक्ष एवं गजेन्द्र बहादुर खपाङ्गी, नेपाल सितोरियो कराते संघका कार्यलय प्रमुख राजेन्द्र क्षेत्री, १३ औँ सागका दोहोरो स्वर्ण बिजेता मण्डेकाजी श्रेष्ठ, बरिष्ठ प्रशिक्षक दोर्जे लामा लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV