२९ असार २०७८, मंगलवार

काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवा राष्ट्रपति भवन शीतल निवासमा पुगेर राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिप्रति छलफल गरिरहनुभएको छ ।

विज्ञप्ति नसच्चिएसम्म शपथ ग्रहण नगर्ने बताउनुभएका देउवाले शीतल निवासमा पुगेर शपथ विवादबारे छलफल गरिरहनुभएको छ ।

मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गरेको पत्रमा संविधानको धारा उल्लेख नगरी सर्वाेच्चको आदेशबमोजिम प्रधानमन्त्री नियुक्त गरिएको उल्लेख छ ।

नियुक्त गरेको भाषाप्रति स्पष्ट नखुलाएपछि असन्तुष्ट बन्नुभएका देउवाले यस विषयमा शितलनिवासमा छलफल गरिरहनुभएको छ ।

छलफलमा नियुक्ति नसच्चिएसम्म शपथ नलिने बताउनुभएको छ । उहाँले यसबारे मुख्यसचिवलाई बूढानीलकण्ठस्थित निवासमा समेत बोलाएर असन्तुष्टि जनाइसक्नुभएको छ ।

संविधानको धारा ७६ (५) अनुसार नियुक्त हुनुपर्ने उहाँको अडान छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV