२९ असार २०७८, मंगलवार
  • इन्दिरा चाम्लिङ,

ब्रसेल्स । तमु समाज बेल्जियमको अध्यक्षमा ओमराज तमु निर्वाचित भएका छन् । टंक प्रसाद तमुको अध्यक्षमा गठन गरिएको कुमार तमु, जानकी तमुस्यो, बालेन्द्र तमु, होम तमु, नन्दराज घले र अर्जुन तमुसहितको सात सदस्यीय अध्यक्ष मण्डलले ‘तमु समाज बेल्जियम’को अध्यक्षमा ओमराजलाई निर्वाचित गरेको हो ।

त्यस्तै अध्यक्ष मण्डलले तीन जना उपाध्यक्षहरु क्रमशः प्रथम उपाध्यक्ष राम घले, जुम काजी तमु र अनिता घलेलाई चयन गरेको छ । यता महासचिवमा सूर्य बहादुर तमु, सचिवमा उमा तमुस्यो, कोषाध्यक्ष राजेन्द्र कुमार तमु एवं सदस्यहरुमा बिना तमुस्यो र जिवन्ती तमुस्योलाई चयन भएका छन् । बाँकी रिक्त पदहरुमा कार्यसमितिको पहिलो बैठकद्वारा क्षेत्रगत रुपमा मिलाएर पदपूर्ति गरिने भएको छ ।

त्यस्तै, तमु समाज वेल्जियमको संरक्षकको रुपमा ८६ वर्षीय क्याप्टेन जोख बहादुर तमुलाई चयन गर्दै सम्मान गर्ने निर्णय गरेको छ । निर्वाचित पदाधिकारीहरुलाई अध्यक्ष मण्डलका अध्यक्ष टंक प्रसाद तमुले सपथ ग्रहण गराएका थिए ।

खुला र बन्द सत्र दुई चरणमा सम्पन्न भएको उक्त कार्यक्रममा गैर अवासीय नेपाली संघ केन्द्रीय समितिका पूर्व सचिव जानकी तमुस्यो, समाजका संस्थापक अध्यक्ष मीन तमु, पूर्व अध्यक्षहरु पदम तमु प्रवासी, जीवन तमु, कुमार तमु, सल्लाहकार अर्जुन तमु, इशा तमुस्यो, लाल तमु, आजीवन सदस्य रतन तमु एवं गम बहादुर तमुलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

त्यस्तै, संस्थापक महासचिव युवराज तमु, यूरो नेपाल खेलकुद संघ, उत्पीडित जातिय समाज बेल्जियम, तामाङ समाज, विश्व मगर समाज, थकाली समाज, शेर्पा किदुग, सयुक्त किराँत समाज, पासा पुचः, तमु समाज स्पेन, तमु धि यू.के., आदिवासी जनजाती महासंघ बेल्जियम, आदिवासी जनजाती महासंघ पोर्चुुगल, तमु ह्युल छोज धि जिल्ला समिति चितवन, गैर आवसीय नेपाली संघ बेल्जियम, तमु ह्युल छोज धि, गुरुङ राष्ट्रिय परिषद नेपाल केन्द्रीय समिति अध्यक्ष रेशम तमु, आदिवासी जनजाती महासंघ केन्द्रीय समिति अध्यक्ष जगत बराम र बेनेलक्सका लागि नेपाली राजदूत गेहेन्द्र राजभण्डारीले पठाएका स्वागत मन्तव्यलाई पहल समितिका सदस्य नन्दराज घलेले पढेर सुनाएका थिए ।

कार्यक्रममा प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदनसहित विभिन्न उपसमितिहरुको प्रतिवेदनमाथि छलफल गरिएको थियो, भने यस कार्यकालमा विशेष सहयोग पु¥याएका लक्जेमबर्ग निवासी समाजका संरक्षक नारायण तमुलाई सम्मान पत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV