२९ असार २०७८, मंगलवार

काठमाडौं । मंगलबार प्रधानमन्त्रीमा नवनियुक्त हुनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सपथ ग्रहण गर्नुभएको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले सभापति देउवालाई प्रधानमन्त्रीको सपथ ग्रहण गराउनुभएको हो ।

यसअघि उहाँले राष्ट्रपतिको विज्ञप्ति नसच्चिएसम्म शपथ ग्रहण नगर्ने अडान लिनुभएको थियो । राष्ट्रपतिले सर्वोच्च अदालतको फैसलाका साथै संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त भएको उल्लेख गरेपछि देउवाले शपथ लिनुभएको हो ।

संविधानको धारा उल्लेख गरेर प्रधानमन्त्री नियुक्त गर्ने प्रचलन रहे पनि राष्ट्रपतिद्वारा जारी विज्ञप्तिमा नवनियुक्त प्रधानमन्त्री देउवाको नियुक्ति सर्वोच्च अदालत, संवैधानिक इजलासको मिति २०७८ असार २८ गतेको फैसला बमोजिम नियुक्त गरिएको भनिएको छ।

सोमबार सर्वोच्च अदालतले देउवालाई संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्री पदमा नियुक्त गर्न परमादेश जारी गरेको थियो। तर, विज्ञप्तिमा धारा, उपधारा केही उल्लेख गरिएको छैन ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV