२९ असार २०७८, मंगलवार
  • वाशु श्रेष्ठ,

धादिङ । धादिङ्गको पृथ्वी राजमार्ग अन्तर्गत थाक्रे गाउँपालिका–६ महादेवस्थानमा ट्रक चालकको चरम लापरबाहीका कारण बाबुछोराको ज्यान गएको हो ।

गल्छिबाट काठमाडौं आउदै गरेको बा७३प २१७६ नम्बरको मोटरसाइकललाई काठमाडौंबाट मुग्लिनतर्फ जाँदै गरेको ना७ख९४४ नम्बरको ट्रकले ठक्कर दिदा नुवाकोट जिल्ला बिधुर नगरपालिका–१३ बस्ने बर्ष १० का आर्यान शिवभक्तीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय खानिखोलाका प्रहरी निरीक्षक रुपा थापाले बताए ।

त्यस्तै आर्यानका बुबा नारायण शिवभक्तीको उपचारको क्रममा ट्रमा सेन्टर मृत्यु भएको छ । मोटर साइकल चालक जीवन घर्ती गम्भीर घाइते भएको र काठमाडौ ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरी निरीक्षक थापाले बताएका छन् ।

काठमाडौंबाट मुग्लिनतर्फ जाँदै गरेको ट्रकलाई उछिन्ने क्रममा बिपरित दिशामा आएको मोटरसाइकललाई ठक्कर दिएर ब्याक गरी पुनः मोटरसाइकल माथि चडाई अगाडि बढाएको सीसी क्यामरामा समेत कैद भएको देखिन्छ ।

सवारी चालकले मादक पर्दाथ सेवन गरी सवारी चलाएको कारण दुर्घटना भएको प्राम्भिक अनुसन्धानमा खुलेको प्रहरीले बताएको छ । सर्लाही जिल्ला लालबन्दी घर भएका ट्रक चालक राजकुमार बुढाथोकी प्रहरी नियन्त्रणमा छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV