२९ असार २०७८, मंगलवार

काठमाडौं । जनता समाजवादी पार्टी जसपाको उपेन्द्र यादव पक्षले सर्वोच्चको आदेशले लोकतन्त्रलाई सही दिशामा फर्काएको निष्कर्ष निकालेको छ ।

बालकुमारीमा सोमबार बसेको काठमाडौंमा उपलव्ध कार्यकारिणी सदस्यको बैठकले खतरामा परेको लोकतन्त्रलाई सर्वोच्चको आदेश सही दिशमा फर्काएको निष्कर्ष निकालेको हो ।

त्यस्तै बैठकले गठबन्धनलाई संसदको समय बाँकी रहेसम्म निरन्तरता दिनुपर्नेमा जोड दिएको छ । त्यस्तै बैठकले सरकारमा जाने निर्णय गरेको छ । अहिले जसपाको अनौपचारिक बैठक बसेको र छिटै औपचारिक बैठक बसेर आवश्यक निर्णय गरेको जसपा नेता डम्बर खतिवडाले जानकारी दिए ।

पार्टीभित्रको विवादसंगै उपेन्द्र पक्षमात्र पाँच दलिय गठबन्धनमा आवद्ध छ, भने महन्थ ठाकुर पक्षले केपी ओली नेतृत्वको एमालेलाई समर्थन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV