२९ असार २०७८, मंगलवार
  • युवराज आचार्य,

झापा । झापाको विर्तामोडमा सोमबार बिहान अर्धनग्न अवस्थामा एक युवतीको शव फेला परेपछि प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

विर्तामोड नगरपालिका-५ स्थित पूर्व-पश्चिम राजमार्गको सुगम पेट्रोल पम्म उत्तर २५ वर्षीया युवती सिर्जना बस्नेत अर्धनग्न अवस्थामा मृत फेला परेकी हुन् । महिलाको अर्धनग्न शव भेटिएको घटनामा झापा प्रहरीले तालिम प्राप्त कुकुरको सहायतामा अनुसन्धान प्रक्रिया अगाडि बढाउने भएको छ ।

सुनसरीको धरानबाट कुकुर ल्याएर अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी प्रवक्ता डीएसपी राकेश थापाले तालिम प्राप्त कुकुरको सहायतामा घटनाको प्रारम्भिक अनुसन्धान अगाडि बढाइएको बताए ।

उनले भने, ‘वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट फरेन्सिक जाँचका तीन जना चिकित्सकको टोली र तालिम प्राप्त कुकुर सहितको टिमले घटनाको अनुसन्धान शुरु गरेको छ । शरीरमा चोटपटक र अर्धनग्न अवस्थामा युवतीको शव फेला परेको डीएसपी थापाले बताए ।’

उनको शव पोष्र्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लागिएको प्रहरीले जनाएको छ । हाल प्रहरीले परिस्थितिजन्य प्रमाण खोज्ने काम गरिरहेको र पोष्र्टमार्टको रिर्पोट आएपछि अनुसन्धानलाई तीब्र बनाइने डीएसपी थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV