२९ असार २०७८, मंगलवार

काठमाडौं । देशभर दलित समूदायमाथि भइरहेका जातीय विभेदका घटनाको विरोधमा संयुक्त राजनीतिक दलित संघर्ष समितिले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

जातीय विभेद अन्त्य नभएका कारण विभिन्न घटनाहरु भइरहेको भन्दै उनीहरुले मंगलबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले रुपा सुनार घटनाको निष्पक्ष छानविनको माग गरेका छन् ।

प्रदर्शनमा सहभागीहरुले राज्यले नै दलित बिभेदलाई पूर्ण रुपमा अन्त्य गर्न अग्रसर हुनुपर्ने बताएका छन् । त्यस्तै उनीहरुले जातिय विभेद गर्नेलाई कडा भन्दा कडा कारवाहीको व्यवस्था हुनुपर्ने भन्दै अव निरन्तर राज्यलाई खवरदारी गर्ने बताएका छन् ।

प्रदर्शनमा सहभागीहरुले रुपा सुनारलाई न्याय दे, मान्छे भएर बाच्न दे, जुन समाजमा जात छ, विभेदै बिभेदको खात छ लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV