२९ असार २०७८, मंगलवार

एजेन्सी । जापानले नेपालसहितका मुलुकहरूलाई कोरोनाभाइरसविरूद्ध भ्याक्सिन अनुदानमा दिने भएको छ। नेपालसहितका एसियाली मुलुकहरुलाई १ करोड १० लाख डोज कोरोना खोप दिने घोषणा गरेको हो ।

जापानका विदेश मन्त्री ओसिमित्सु मोतेगीले कोभ्याक्समार्फत् यी मुलुकलाई १ करोड १० लाख डोज भ्याक्सिन दिने बताएका छन्।

उनका अनुसार सो भ्याक्सिनअनुसार कोभ्याक्स कार्यक्रममार्फत् नेपाल, बंगलादेश, कम्बोडिया, इरान, लाओस र श्रीलंकाका साथै विभिन्न प्यासिफिक द्वीपका राज्यहरुलाई १ करोड १० लाख डोज कोरोना खोप अनुदास्वरुप उपलब्ध गराइने छ ।

जापानले दिएको खोपबाट नेपालले कति डोज पाउँछ भन्ने टुंगो छैन।

प्रतिक्रिया दिनुहोस्

LIVE TV