२८ असार २०७८, सोमबार

काठमाडौँ । संयुक्त राज्य अमेरिकाले उपहार स्वरुप दिएको जोन्सन एण्ड जोन्सन कम्पनीको कोरोना भाइरसविरुद्धको खोप नेपाल आइपुगेसंगै यो खोप दिने वर्गको पनि निर्णय गरिएको छ । एक डोज मात्र लगाए पुग्ने भएकोले पनि यो खोपतर्फ आम नेपालीको आकषर्ण बढ्दो छ ।

चारैतिरबाट बढी दबाब परेकोले पनि यस खोपको बारेमा तत्काल निर्णय लिदै नेपाल भित्र रहेका विदेशी शरणार्थीहरु, ५० देखि ५४ बर्ष उमेर पुगेकाहरु र शारीरिकरुपमा अपांगहरुलाई यो खोप दिइने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा जारी विज्ञप्तीका अनुसार यो खोप ५० देखि ५४ बर्ष उमेर समूहकालाई उपलब्ध गराइने भएको छ । जस्मा पहिलो खोप पनि नपाएकाहरु समेटिने छन् । यस्तै पूर्ण र अति अपांगता (वर्ग क र ख) भएका नागरिकहरु, नेपालमा बसोबास गर्दै आएका शरणार्थीहरु र यस अघिको खोप अभियानमा छुटेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सफाईकर्मीहरुलार्य जोन्सन एण्ड जोन्सनको खोप उपलब्ध गराइने भएको छ ।

कोभ्याक्स सुविधाअन्तर्गत उपलब्ध गराइएको जोन्सन एन्ड जोन्सनको १५ लाख डोज खोप सोमबार विहान काठमाडौंमा आइपुग्दा विमानस्थलमा स्वास्थ्य तथा जनसंख्या मन्त्री कृष्णगोपाल श्रेष्ठ र वालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले खोप बुझेका थिए ।

नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले जोन्सन एण्ड जोन्सन कम्पनीको १५ लाख ३४ हजार ८ सय ५० डोज खोप अमेरिकाको उपहार भएको उल्लेख गरे । नेपाली जनताको जीवन रक्षाको लागि यो अमूल्य हुने बताउँदै उनले ५ प्रतिशत नेपालीका लागि भएपनि यो खोप प्रभावकारी बन्ने उल्लेख गरे ।

यसअघि चीनबाट ल्याइएको आठ लाख डोज भेरोसेल खोप पनि ५५ बर्ष र सो भन्दा माथिका उमेर समूहका पहिलो डोज खोप लगाउन छुटेकालाई उपलब्ध गराइने भएको छ । यस्तै उक्त खोप विश्वविद्यालय र विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरुलाई पनि दिइने भएको छ । यसैगरी सार्वजनिक यातायातमा कार्यरत चालक तथा सहचालकहरुलाई, वैदेशिक रोजगारीमा खोप अनिवार्य गरिएको देशमा जान लागेका मजदुरलाई र नेपाल सरकारले तोकेको अत्यावश्य क्षेत्रमा कार्यरत खोप लगाउन बाँकी व्यक्तिहरुलाई उपलब्ध गराइने भएको छ ।

स्वास्थ्य मन्त्रालय २६ लाख ११ हजार ८ सय ७ जना अर्थात ८ दशमलव ८ प्रतिशतले पहिलो डोज र १० लाख ४१ हजार ३ सय ६६ अर्थात ३ दशमलव ५ प्रतिशतले दोस्रो डोजको खोप पाइसकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV