२८ असार २०७८, सोमबार

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेता रघुजी पन्तले देउवा नेतृत्वको गठबन्धनको सरकारमा सहभागी हुन नसक्ने संकेत दिएका छन् ।

नेता नेपालनिवास कोटेश्वरमा बैठकपछि सञ्चारकर्मीसँग बोल्दै अहिले दुई भागमा विभाजित एमाले पार्टी एक भइरहेको अवस्थामा गठबन्धनको सरकारमा सामेल हुन नसक्ने बताए ।

उनले भने, ‘पार्टीको औपाचारीक बैठकले सरकारमा सहभागी हुने नहुने निर्णय गर्छ । अध्यक्ष ओली, वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनालसँग छलफल गरेर अघि बढिन्छ ।’

पार्टीमा २ वटा एमाले छ तर, कुन पार्टीको निर्णयपछि सरकारमा जाने ? भन्ने सञ्चारकर्मीको प्रश्नमा पार्टीको छलफलपछि टुंगो लगाइने उनले बताए । कुन पक्षको एमालेको भन्नेमा उनले एकताको प्रयास जारी रहेको बताए ।

साथै उनले अब प्रधानमन्त्रीमा नियुक्त हुन लागेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई जनताका लागि कोरोना खोप ल्याउन र एकलौटी ढंगले सरकार नचलाउन पनि सल्लाह दिए ।

उनले भने, ‘शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने भएकाले कोरोना खोप ल्याएर जनतालाई राहत दिने, एकलौटी ढंगले नचलोस्, सबै दलसँग सहयोग गरेर अघि बढ्न, संघीयता, लोकतन्त्र र गणतन्त्रको पक्षमा हिँड्न सल्लाह दिन चाहन्छु ।’

संघीयता, लोकतन्त्र र गणतन्त्रको रक्षा नगर्नेलाई आफ्नो साथ सहयोग नगरहेको भन्दै उनले त्यसविरुद्ध उत्रिने पनि बताए ।

अहिले एमाले पार्टी एकताका लागि अघि बढ्नुपर्ने अवस्था रहेको र पार्टीले औपचारीक छलफल गरेपछि पार्टीमा सहभागी हुने नहुनेबारे निर्णय गरिने पुनः उनले दोहोर्याए ।

देउवालाई अब १ महिनापछि विश्वासको मत दिने पक्षमा के गर्नुहुन्छ ? सिंगो एमाले पार्टी बनाउन हाम्रो भूमिका रहने र पार्टीले दिन पनि सक्छ नदिन पनि सक्छ भनेर उनले भने ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV