२८ असार २०७८, सोमबार

दाङ । दाङको तुलसीपुरमा आईपुगेको नेपाल गाँजा वैधानिक महाअभियानले गाँजालाई प्रतिबन्ध गर्न नहुने बताएको छ ।

अभियानले तुलसीपुरमा आयोजना गरेको ३ दिने प्रशिक्षण छलफल तथा अन्तरक्रिया आज सोमबार समापन कार्यक्रममा अभियानका राजीव काफ्लले लागु पदार्थ नियन्त्रण ऐन २०३३ लाई संशोधन गर्नुपर्ने बताए।

‘बहुउपयोगी गाँजाको बिश्वबजार बुझ्न नसकेर नेपालमा गाँजालाई प्रतिबन्ध लगाईएको छ, यो तत्कालिन अबस्थामा बिदेशीको प्रभावमा परि बनाइएको कानूनले वर्जित गरिएको हो,’ काफ्ले बताए।

काफ्लेका अनुसार गाँजा प्रतिबन्ध गर्नै हुँदैन, नियमन गर्नुपर्ने हो । विश्वबजारमा ठूलो माग भएको नेपालको गाँजालाई बजारीकरण गर्न सके आर्थिक रुपमा बलियो हुने दावी उनको छ ।

गाँजासम्बन्धिको विद्येयक निर्माणका लागि संसद सम्म पुगेको तर अझै व्यापारिक बनाउन नसकेको उनको भनाई छ । गाँजाको स्वाद नै थाह नै नपाएकाले बिद्येयक राम्रो बनाउन सक्लान भन्ने आशंका काफ्लेको छ ।

महाअभियानका केन्द्रिय संयोजक जोसेफ मदन कोईरालाले गाँजालाई नियमन गर्ने कानूनको माग गरे। सरकारले प्रतिबन्ध लगाउँदा यसको मारमा किसान परेको कोईरालाले बताए। किसानबाट १५÷१६ हजारमा खरिद गरेरे बिचौलियाले भारतीय बजारमा ३÷४ लाख प्रतिकेजी सम्म बिक्रि गर्ने गरेको कोईरालाले सुनाए।

महाअभियानका केन्द्रिय सदस्य रबिनबिक्रम डाङीले गाँजाको महत्व र उपयोगिताका बारेमा शैक्षिक पाठ्यक्रममा समाबेश गर्नुपर्ने बताए। ‘यो राम्रो होईन, यसलाई खाने काम नलाग्ने मान्छे हुन्’ भन्ने भ्रमको अन्त्य गरिनुपर्ने डाँडीको विचार थियो ।

नेपाल सरकारका पूर्वसचिव एवं नेपाल गाँजा वैधानिक महाअभियानका भिम उपाध्यायले भर्चुअलमार्फत गाँजाको महत्वका बारेमा चर्चा गरेका थिए ।

उक्त अन्तरक्रिया कार्यक्रममा पत्रकार सुशील बस्नेत र खेमराज रिजालले कानूनलाई बर्जित गरिएको गाँजालाई नागरिकका बिचमा उत्पादनमा प्रोत्साहन गर्दा झनै अन्यौलता हुने बताए। बहुउपयोगी आयुर्बेद औषधिको रुपमा केहीले बुझेको भएपनि नेपालको कानूनले वैधानिकता नदिएकाले अभियानलाई कानून निर्माण पक्षसँग पु¥याउन सुझाब दिए ।

सहभागिहरुले गाँजा उत्पादन गरेरमात्र नहुने, यसको बजारीकरण र बैधानिकताका विषयमा आम नेपाली स्पष्ट हुनुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्

LIVE TV