२८ असार २०७८, सोमबार

काठमाडौं । सर्वाेच्च अदालतले संसद् पुनःस्थापना गरेपछि आक्रोशित बनेको प्रधानमन्त्री केपी ओली समर्थकले आज राजधानीमा विरोध प्रदर्शन गरेका छन् ।

सर्वाेच्च अदालतको आजको फैसलाप्रति पूर्ण रुपमा विमति जनाउँदै पानीमा भिजेर ओलीनिकट विद्यार्थी संगठन अनेरास्ववियुले नाराबाजी गरिँरहेको छ ।

पानीमा भिज्दै उनीहरुले ‘‘दलमारा चोलेन्द्र मुर्दावाद !,’ ‘चोलेन्द्र चोर देश छोड,’ ‘चोलेन्द्र त्यो पाराले दुःख पायो साराले,’ नाराबाजी लगाएका थिए ।

कोरोना निषेधाज्ञा समयमा भीडभाड नगर्न भनिए पनि उनीहरुले विरोध प्रदर्शन गरेपछि प्रहरीले भीडलाई तित्तरवित्तर पारेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV