२८ असार २०७८, सोमबार

काठमाडौँ । अमेरिकालाइ अनुदानमा दिएको कोरोना विरुद्धको खोप नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधाअन्तर्गत उपलब्ध गराइएको जोन्सन एन्ड जोन्सनको १५ लाख डोज खोप आज काठमाडौंमा आइपुगेको हो ।

खोप बोकेको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेलत्तै पत्रकार सम्मेलन गरेर नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । विमानस्थलमा नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले स्वास्थ्य मन्त्री कृष्णगोपाल श्रेष्ठलाई खोप हस्तान्तरण गरेका हुन् ।

कुल १५ लाख ३४ हजार ८५० डोज खोप लिएर कतार एयरको जहाज सोमबार बिहान ९ बजेर ४५ मिनेटमा त्रिभुवन विमानस्थलमा उत्रिएको थियो । खोप अमेरिकी कम्पनी जोन्सन एन्ड जोन्सनले विकास गरेको हो । जुन एर्कै डोज लगाए पनि पुग्ने दाबी गरिएको छ ।

राजदूत बेरीले  एक मात्रै आवश्यक पर्ने याे खोप अमेरिकी जनताका तर्फबाट नेपाललाई उपहार दिएकाे बताउनुभयाे । उहाँले संकटमा नेपाली जनताकाे जीवन जोगाउन सहयाेग गर्न पाउँदा खुसी लागेकाे समेत बताउनुभयाे ।

उक्त खोप ५० देखि ५४ वर्ष उमेर समूहका नागरिकलाई प्राथमिकताका आधारमा लगाउने तयारी गरिएको मन्त्री श्रेष्ठले बताउनुभएकाे छ । यसअघि चीनबाट ल्याइएकाे भेराे सेल खाेप त्यसभन्दा माथिल्लाे उमेर समूहका नागरिकलाइ दिने तयारी रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV