२७ असार २०७८, आईतवार

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भदौमा महाधिवेशन गर्नुको विकल्प नरहेको बताउनुभएको छ ।

शनिवार न्यूज २४ टेलिभिजनसँगको कुराकानीमा नेता पा‌डेलले भदौमा गर्ने गरि तय भएको महाधिवेशन निर्धारित मितिमै गर्नुपर्ने बताउनुभएको हो ।

असार मसान्तसम्म क्रियाशील सदस्यता विवादको टुंगो लगाइसक्नुपर्ने भएपनि अहिले पनि छानविन समितिले त्यसमाथि काम गरिरहेको छ । नेता पौडेलले क्रियाशीलको धेरै काम सकिइसकेकाले अब महाधिवेशनको विकल्प नभएको बताउनुभयो ।

महाधिवेशन नगर्दा पार्टीको वैधानिकता संकटमा पर्ने भन्दै पौडेलले जस्तोसुकै प्रतिकूलताकाबिच पनि महाधिवेशन गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै, अर्को फरक सन्दर्भमा नेता पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले सबै शक्ति आफूमा केन्द्रत गरेर सर्वसत्तावादको बाटो हिँड्न खोजेकाले विपक्षी दलहरूको गठबन्धन बनाउनुपरेको बताउनुभयो ।

संविधान र परिवर्तनका मुद्दाहरूको विषयमा एजेन्डा मिल्नेहरूकाबिचमा सहकार्य गरेर कांग्रेस अघि बढ्ने उहाँको भनाई थियो ।

त्यस्तै पौडेलले आफू १३ औं महाधिवेशनको घाइते भएकाले १४ औं महाधिवशेनमा सभापतिको स्वभाविक उमेदवार भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV