२७ असार २०७८, आईतवार
  • साधन राम्जाली,

म्याग्दी । म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले समाचार संकलनका लागि जिल्ला प्रशासन कार्यालय पुगेका पत्रकारद्वय साधन राम्जाली र धिरनबहादुर खत्रीमाथि दूर्ब्यवहार गरेका छन् ।

आइतबार द्धन्द्ध पीडित अधिकार समाज म्याग्दीको ज्ञापन–पत्र बुझाउने कार्यक्रमको समाचार संकलनका लागि प्रशासन पुगेका पत्रकारद्वय राम्जाली र खत्रीलाई समाचार, तस्बिर र दृष्य संकलन गर्न रोक लगाएर प्रजिअले कार्य कक्षबाट बाहिर निकालेका हुन् ।

दृष्य र तस्बिर खिच्न रोक लगाउनुका साथै धम्कीपूर्ण भाषा प्रयोग तथा दूर्ब्यवहार गर्दै कार्य कक्षबाट बाहिर निकालिएको म्याग्दी न्यूजका प्रकाशक समेत रहेका राम्जालीले बताए । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका सह–सचिव रहेका राम्जाली न्युज२४ टिभी, आदर्श समाज दैनिक, म्याग्दी न्युज डटकम साधारण सदस्य खत्री कारोबार दैनिक, एभिन्युज टेलिभिजन, सम्बृद्ध साप्ताहिक, कोरला पोष्टलगायत सञ्चार माध्यममा आवद्ध छन् ।

“आयोजकले ज्ञापन–पत्र पढ्न थालेपछि तस्बिर र दृष्य खिच्न क्यामेरा निकाल्दा प्रजिअले कसको अनुमतिमा खिच्नुभयो ? अनुमति बिना मेरो कार्यकक्षमा खिच्न मिल्दैन । बाहिर जानुहोस् भन्दै धम्काउनुभयो”, राम्जालीले भने, “हामीले परिचय देखाउँदासमेत अपमानजनक ब्यवहार गरेर धम्काउदै कार्यकक्षबाट निकाल्नुभयो ।”

सत्यनिरुपण तथा मेलमिलाप र वेपत्ता छानबिन आयोग मार्फत द्धन्द्धपीडितका समस्या समाधान तथा माग सुनुवाईका लागि द्धन्द्ध पीडित अधिकार मञ्च म्याग्दीका सचिब सुरेन्द्र केसी र द्धन्द्ध पीडित कृष्णलाल श्रेष्ठको नेतृत्वमा ज्ञापनपत्र बुझाउन गएका थिए ।

प्रजिअले समाचार संकलनका लागि गरेको अवरोध र पत्रकारहरुलाई गरेको दुर्ब्यवहारको नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले भत्र्सना र निन्दा गरेको छ । शाखा सचिब सन्तोष गौतमको हस्ताक्षरमा जारी भएको विज्ञप्तिमा प्रमुख जिल्ला अधिकारीबाट भएको गैरजिम्मेवारपूर्ण ब्यवहार तथा कार्यशैली सच्चाउन माग गरिएको छ ।

“पत्रकारले स्वतन्त्र हिसाबले समाचार संकलन गर्न, नागरिकले सूचना पाउने अधिकारको संरक्षण, पारदर्शिता, सुशासन कायम गर्ने वातावरण बनाउन जोडदार माग गदैर्छौ,” सचिब गौतमले भने,े “प्रजिअको ब्यवहार आपत्तिजनक छ ।”

पत्रकारमाथि भएको दुर्ब्यवहारप्रति म्याग्दी मिडिया सोसाइटी, नेपाल प्रेस युनियन र प्रेस संगठन नेपालले पनि बिरोध र आपत्ती जनाएका छन् । प्रजिअ अधिकारीले भने पत्रकारलाई नचिनेर युट्युवर ठानेर अनुमति मागेर तस्बिर खिच्न अनुरोध गरेको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV