२७ असार २०७८, आईतवार
  • माधब गैह्रे,

स्याङ्जा । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले स्याङ्जाका २ जनामा कोरोना भाइरसको नयाँ भेरिएन्ट पुष्टि भएको जनाएको छ । स्वास्थ्य निर्देशनालयले आइतबार प्रेस विज्ञप्ती जारी गरेर स्याङ्जामा २ जनालाई कोरोना भाइरसको नयाँ भेरिएन्ट पुष्टि भएको जनाएको हो ।

तर, कालिगण्डकी गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापाले भने १४ र ६० वर्षीय २ जना पुरुषमा नयाँ भेरिएन्टको कोरोना पुष्टि भएरपनि निको भइसकेको बताएका छन् ।

कालिगण्डकी गाँउपालिकाका संक्रमितहरुको नमूना संकलन जेठको अन्तिम साता गरिएता पनि संक्रमितहरु निको भइसकेपछि प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले दुई जनामा नयाँ भेरिएन्ट देखिएको भन्दै सूचना सार्बजनिक गरेको हो ।

जनस्वास्थ्य प्रयोगशाला पोखराका अनुसार गत जेठ ३१ गते गण्डकी प्रदेशबाट ५ वटा नमूना जनस्वास्थ्य प्रयोगशाला काठमाडौ पठाइएको थियो । जसमध्ये ५ जना नै डेल्टा बि.१.६१७.२ (नयाँ भेरीएनट) पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निमित्त निर्देशक सपना सुवेदीले बताइन् ।

तर, विभिन्न सञ्चार माध्यममा स्याङ्जाका २ जना पुरुष र गोरखाका ३ जना महिलामा कोरोनाको नयाँ भेरियन्ट देखिएको भनेर सूचना सम्प्रेशन गरेपछि स्याङजाबासी त्रसित हुन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV