२७ असार २०७८, आईतवार

काठमाडौं । नेपाल बंगलादेश बैंकले मकवानपुर जिल्लाको मकवानपुगढी गाउँपालिकामा किसान कृषि लोन कार्ड वितरण गरेको छ ।

नेपाल बंगलादेश बैंक लि., आर एण्ड डी इनोभेटीभ सोलुसन प्रा.लि., मकवानपुरगढी गाँउपालिका र मकवानपुरगढी गाँउपालिका सहकारी समन्वय समितिबीच भएको चौ–पक्षीय सम्झौता अनुसार मकवानपुरगढीे गाँउपालिका अध्यक्ष विदुर हुमागाईंमार्फत् किसान कृषि लोन कार्ड हस्तान्तरण गरिएको हो ।

पहिलो चरणमा मकवानपुरगढी गाँउपालिका–३ का २५ जना कृषकहरु लाभान्वित हुने बैंकले जनाएको छ । यस योजना अन्र्तगत बिनाधितो, एकै प्रकारको ब्यवसाय गर्ने र एउटै क्षेत्रका किसानहरुलाई सहुलियतपूर्ण कृषि कर्जा प्रदान गरिनेछ ।

कृषकहरुले कर्जाको साथै त्यतिनै सीमा बराबरको क्यू आर कोड अंकित किसान कृषि लोन कार्ड बैंकबाट प्राप्त गर्नेछन् । उक्त कार्डबाट कृषकहरुले सामान खरीद गर्दा कार्डको क्यू आर कोडबाट भुक्तानी गर्न सक्नेछन् ।

नगदरहित विद्युतीय भुक्तानी प्रणालीलाई प्रवर्धन गर्ने नेपाल राष्ट्र बैंकको नीतिलाई सफल बनाउने उद्देश्यसहित नेपाल बङ्गलादेश बैंकले सीमान्तकृत ग्रामीण भेगका कृषकहरुलाई पनि समेटेर यो योजना ल्याएको बैंकले जनाएको छ ।

बैंकले पहिलो चरणमा पाइलट प्रोजेक्टको रुपमा मकवानपुरगढी गाँउपालिकाबाट शुरु गरी नेपाल अधिराज्यभरीनै यस किसिमको कर्जा बिस्तारित गर्दै ग्रामिण भेगका कृषकहरुलाई विद्युतीय माध्यमबाट बैंकिङ कारोबार गर्न प्रोत्साहन गर्नुका साथै कृषकहरुको जीवनस्तर उकास्न सहयोग गर्ने पनि जानकारी गराएको छ ।

हाल बैंकले ९९ शाखा, ८ एक्सटेन्सन काउन्टर, तथा ८१ वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिदै आएको कुरा पनि जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV