२७ असार २०७८, आईतवार

एजेन्सी । दुईथरी कोभिड भेरिअन्टबाट सङक्रमित ९० वर्षकी वृद्धाको मृत्यु भएको छ ।

वृद्धामा एकै पटक अल्फा र बीटा भेरिअन्टबाट बिरामी परेको पाइएको छ । वृद्धाको मृत्युपछि विज्ञहरूले चेतावनी दिएका छन्। बेल्जियममा मार्च २०२१ मा मृत्यु भएकी ती वृद्धले खोप लगाएकी थिइनन्।

बीबीसीका अनुसार वृद्धले दुईजना फरक मानिसबाट ती दुई सङ्क्रमित भएको डाक्टरहरूको आशङ्का छन्।

उक्त प्रकारको दोहोरो सङ्क्रमणको दस्ताबेजीकरण गरिएको यो पहिलो केस भए पनि र यस्तो दुर्लभ हुने भए पनि दोहोरो सङ्क्रमण भइरहेको उनीहरूले बताएका छन्।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV