२७ असार २०७८, आईतवार

काठमाडौं । सातदोबाटो युथ क्लबको अध्यक्षमा कपिल रानामगर पुन: निर्वाचित हुनु भएको छ । क्लवको शनिबार सम्पन्न आठौं साधारण सभामा मगर अध्यक्ष पदमा निर्वाचित हुनु भएको हो । यसअघिको कार्यकालमा पनि कपिल राना नै क्लवको अध्यक्ष हुनुहुन्थ्यो ।

त्यस्तै प्रथम उपाध्यक्षमा श्याम महर्जन, द्वितिय उपाध्यक्ष विनोद राई, महासचिव सुनिल विष्ट, कोषाध्यक्ष राजेश मानन्धर, सचिव रविन खड्का, सह सचिवमा अशोक राई निर्वाचित हुनु भएको छ ।

यस्तै सदस्यमा सिता श्रेष्ठ, सम्भु लामा, सुगतरत्न शाक्य, पारस महर्जन, प्रकाश मानन्धर, रोशन मानन्धर, गोपीकृष्ण नकर्मी, अजय आचार्य, जमुना महर्जन र किशोर महर्जन निर्वाचित भएका छन् ।

त्यस्तैगरी सोही कार्यक्रममा समाजसेवी साथै क्लवालाई ‘बी’ डिभिजनबाट ‘ए’ डिभिजनमा पुर्याउन योगदान पुर्याउने अफिसियलहरुलाई सम्मान गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV