२७ असार २०७८, आईतवार

काठमाडौँ । गत साता आएको बाढीले क्षति भएको हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जोड्ने कमला नदीको पुल सम्बन्धित ठेकेदारले नै निर्माण गर्ने भएको छ । बाढीले पुलको पूर्वतर्फको दोस्रो स्पान (पुल निर्माणको एक भाग) भासिएको थियो ।

सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले क्षतिग्रस्त हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जोड्ने कमला नदीको पुल सम्बन्धित ठेकेदारले नै निर्माण गर्नुपर्ने बताउँदै त्यसका लागि स्पष्ट निर्देशनसहित विभागले सो निर्माण कम्पनीलाई पत्र पठाइसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पुलको डिजाइन र निर्माणको जिम्मा सम्बन्धित निर्माण कम्पनीले नै गरेको हो । सम्झौताअनुसार निर्माण कम्पनीले आफ्नो खर्चमा क्षतिग्रस्त सो पुलको निर्माण गर्नुपर्ने हुन्छ । निर्माण कम्पनी उम्कन पाउँदैन ।” निर्माण कम्पनीले पनि बाढीबाट क्षति भएको सो पुलको निर्माण गर्ने भनेर प्रतिबद्धता जनाइसकेको महानिर्देशक थापाले जानकारी दिनुभयो । याे खबर गाेरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV