२७ असार २०७८, आईतवार

एजेन्सी । युरोपेली फुटबलको सर्वोच्च निकाय (युइएफए)ले इंग्ल्यान्ड फुटबल एसोसिएशनलाई ३० हजार युरो जरिवाना गरेको छ ।

युरोपेली च्याम्पियनसिप अन्तरगत दोस्रो सेमिफाइनलमा डेनमार्कका गोलरक्षक कास्पर स्माइकलाई लक्षित गर्दै समर्थकले लेजर लाइट देखाएपछि युइएफएले इंग्ल्यान्डलाई कारबाही गरोके हो ।

युरोपियन फुटबल महासंघले इंग्ल्यान्ड र डेनमार्कबीचको सेमिफाइनल खेलमा डेनिस गोलकिपर क्यास्पर स्माइकललाई लेजर लाइट देखाइएको विषयमा अनुसन्धान ग रेको थियो । यो विषयमा अनुसन्धान गरेपछि महासंघले इंग्ल्यान्डलाई जरिवाना गरेको हो।

इंग्ल्यान्ड र डेनमार्कबीचको सेमिफाइनल निर्धारित समयमा १-१ गोलको बराबरीमा सकिएपछि ३० मिनेट अतिरिक्त समय थपिएको थियो । अतिरिक्त समयमा इंग्ल्यन्डले पेनाल्टी पाएको थियो। जसमा कप्तान ह्यारी केनले पेनाल्टी प्रहार गरेका थिए ।

केनले पेनाल्टी हान्नुअघि समर्थकले डेनिस गोलकिपरको अनुहारमा ग्रीन लेजर लाइट देखाएका थिए । गोलकिपरले सुरुमा पेनाल्टी रोके पनि रिबाउन्डमा केनले गोल गर्दा इंग्ल्यन्डले ५५ वर्षपछि मुख्य प्रतियोगिताको फाइनलमा स्थान बनाएको थियो ।

यस्तै खेल सुरुहुनुअघि डेनमार्कले राष्ट्रिय गाएको बेलमा समर्थकले होहल्ला गर्दै अशान्ति फैलाएका थिए । यस विषयमा पनि फुटबल महासंघले छानविन गरेको थियो । दुवै विषयको छानविन गरेपछि जरिवाना गरिएको हो।

युरो २०२० को फाइनलमा इंग्ल्यान्डले आइतबार राति घरेलु मैदानमा इटालीसँग प्रतिस्पर्धा गर्दैछ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV